जनताको चुलो नबल्दा समेत सरकार मौन बस्नु भारतको दलाली गर्नु हो : नेता भण्डारी

जनताको चुलो नबल्दा समेत सरकार मौन बस्नु भारतको दलाली गर्नु हो : नेता भण्डारी

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, १३ मंसिर ।  

भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीका विरुद्ध नेपाल बन्दमा उत्रिएको विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यकाका विभिन्न स्थानमा र्याली निकालेको छ ।

भक्तपुर, कलंकी, गोंगबु , चावहिल र काठमाडौंकै केन्द्रविन्दुमा रहेको रत्नपार्कमा समेत पार्टीका केन्द्रिय सदस्य शरदसिंह भण्डारीको नेतृत्वमा र्याली निकालिएको छ ।

रत्नपार्कबाट सुरु भएको विरोध पुतलीसडक, भृकुटिमण्डप, शहिदगेट, विर अस्पताल हुदै पुनः रत्नपार्कमै पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै नेता भण्डारीले अघोषित नाकाबन्दी भारतीय शासक बर्गको यो नेपालमाथिको हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा नेकपा माओवादीले नेपालबन्दको आह्वान गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको वर्तमान सरकार दलालहरुको जालो हो, नाकाबन्दीका कारण देशमा सबै कुराको चरम अभाव भएर नेपाली जनताको चुलो बन्द हुदा समेत सरकार चुप लागेर बस्नु भनेको भारतीय दलाली गर्नु हो, यदि सरकार यसैगरि गैरजिम्मेवार भएर चुपचाप बस्ने हो भने यसको औचित्य छैन नेकपा माओवादीले त्यो सहेर बस्न सक्दैन त्यसको घोर विरोध गर्दछ । ” उहाँले अव नेपालको सुरक्षा निकायले शहर भन्दा पनि सिमानाकामा गएर नेपालको अस्मिता रक्षा गर्नुपर्ने बताउनुभयो ।

आजको शान्तीपुर्ण बन्दमा उद्योगी, बजार व्यापारी, यातायात व्यवसायी, सर्वसाधारण र पत्रकार लगाएतले साथ दिएको प्रति धन्यवाद ज्ञापन गर्दै बन्द साझसम्म जारी रहने जानकारी दिनुभयो ।

आगामी दिनमा कालोबजारी र भ्रष्टाचार गर्नेहरुलाई नेकपा माओवादीले कारवाही गर्ने भन्दै त्यसका लागि सबै देशभक्त जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

भारतले छिटोभन्दा छिटो नाकाबन्दी फिता नलिए अर्को चरणको आन्दोलन हुने भन्दै आजको बन्दमा जनताको दैनीकीलाई ध्यानमा राखी यातायातलाई सामान्य रुपमा छुट दिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी