काठमाण्डौ ,१३ मंसिर ।
ललितपुरस्थित अल्का अस्पतालले आयोजना गरेको स्वस्थ बच्चा प्रतियोगिता अन्र्तगत दुई समुहमा भएको प्रतिस्पर्धामा परिन शाक्य र सार्थक तिमिल्सेना प्रथम भएका छन् ।
१ देखी ५ बर्ष उमेर समुहमा १ सय ३७ जना प्रतिस्पर्धीलाई पछि पार्दै ललितपुर चाकुपाटकी परिन शाक्य प्रथम भएकी हुन । तिमिल्सेना भने आफ्नो समुहमा २८ जनालाई पछि पार्दै प्रथम भएका हुन । उक्त ५ बर्षसम्मको समुहमा ताहाचलकी आयुश्री श्रेष्ठ दोस्रो र काभ्रे च्यासिङखर्कका कृपेश केसी तेस्रो भएका छन् ।
यसैगरी जन्मेदेखी एक बर्षभित्रको उमेर समुहमा प्रथममा तिमिल्सेनासहित भक्तपुरकी गृष्मा सुवाल दोस्रो र कोटेश्वरकी पुर्णिमा थापा तेस्रो भएकी छन् ।
यसैगरी इमाडोलकी सुप्रशना श्रेष्ठ, पाल्पा रामपुरका प्रशन्न पन्थ, नुवाकोटकी आर्शिया बज्राचार्य, काठमाण्डौ मनमैजुकी अञ्जली घिमिरे, भक्तपुरका राजश्री ढुंगेल र ताहचलका आर्यन श्रेष्ठले सान्तवना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ठ हुने मध्ये प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार र सान्तवनालाई दुई हजार रुपैया नगदसहित प्रमाणपत्र, शिल्ड तथा अकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए ।
शनिवार बिजयी भएकाहरुलाई आगामी शनिवार राजधानीमा हुने लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ए टु को क्याविनेट बैठकमा पुरस्कृत गरिने लायन्सकी डिष्ट्रीक चेयर पर्सन समितिकी संयोजक सुनिता प्रधानले जानकारी दिइन ।
प्रतियोगितामा बच्चाको तौल, उचाई, पोषण तत्वको प्रभाव लगायतलाई आधार बनाएर पहिलो, दोस्रो, तेस्रो र सान्तवनाका रुपमा छनौट गरिएको निर्णायक मण्डलमा सहभागी एम्स कलेजकी क्याम्पस प्रमुख मिरा खनालले जानकारी दिइन ।
अल्का अस्पताल र लायन्स क्लव अफ अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ए टु को संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पतालले गत बर्षदेखी यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।