मंसिर ,१३ मंसिर ।
काठमाडौंको सुन्धारामा चाईनिज पेस्तोल बोकेर हिडेका दुईजानालाई प्रहरीले दुइजना गोली प्रहार गरेको छ ।
अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले सुन्धारामा छोटेलालल ठाकुर र राजकुमार पटेललाई कटुवा चाइनिज पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरेको हो ।
उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको छ ।
सुन्धाराको एक गेस्ट हाउसमा रहेका ती दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको हो ।
पटेल र ठाकुरले पनि प्रहरीलाई गोली प्रहार गर्ने प्रयास गरेकोले गोली चलाएको प्रहरीले जनाएको छ ।
ठाकुरको घुँडामुनि गोली लागेको महाशाखाले जनाएको छ । ठाकुरलाई उपचारको लागि प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ ।
रौतहट निवासी ठाकुर भगौडा प्रहरी हुन् । उनले प्रहरी संगठनबाट एसएलआर हतियारसहित जागिर छाडेर भागेका थिए। उनीहरुकोबारेमा थप अनुसन्धान भइरहेको जनाईएको छ ।