काठमाण्डौ ,१३ मंसिर ।
भारतको नाकाबन्दी विरुद्ध विप्लब नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण उपत्यका सहित देशभरको जनजीवन प्रभावित भएको छ ।
नाकाबन्दी र भारतीय हस्तक्षेपको विरोधमा आज माओवादीले नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका क्रममा शान्तिपूर्ण रुपमा प्रस्तुत हुने माओवादीले जनाएपछि सडकमा केही मात्रामा सवारी साधन भने चलेका छन् ।
उपत्यका बाहिरका पहाडी जिल्लाहरुमा भने बन्दको उल्लेख्य प्रभाव परेको हाम्रा सहकर्मिहरुले जनाएका छन् ।
उता कास्कीबाट बन्द गराउदै हिडेका २० जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सचिव उभर लगायत रहेका छन् ।
बन्दका क्रममा कुनै अप्रिय घटना घट्न नदिन सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
माओवादीले यस अघि भारतीय नाकाबन्दीको विरोधमा काठमाण्डौंमा शक्ति प्रदर्शन गरेको थियो । माओवादीले हिजो भारतीय दुतावासको गाडीमा आगजानी समेत गरेको थियो ।