मोटरका पार्टपुर्जा आयात नहुँदा सात हजार मजदुर बेरोजगार बन्दै

मोटरका पार्टपुर्जा आयात नहुँदा सात हजार मजदुर बेरोजगार बन्दै

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

दाङ, १३ मङ्सिर ।

नेपाल अटो मेकानिक व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष यमप्रसाद भुसालले नाकाबन्दीका कारण गाडी मोटरका पार्टपुर्जा सामग्रीहरु आयात नहुँदा त्यसमा आश्रित मजदुर समस्यामा परेको बताउनुभएको छ ।

राप्ती अटो इन्जिनियरिङ एसोसिएसन, घोराहीको वार्षिक साधारणसभाको शनिबार दाङमा उद्घाटन गर्दै भुसालले नाकाबन्दीका कारण सामग्रीहरु आपूर्ति नहुँदा अटो व्यवसायी र त्यसमा काम गर्ने मजदुरको रोजीरोटी नै बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारलाई समस्या समाधानका लागि गम्भीर हुन आग्रह गर्नुभयो ।

नेपालभरि करिब सात हजार मजदुर तथा व्यवसायी रहेको र उनीहरु सामग्री अभावका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

गाडी मोटरमा प्रयोग हुने पार्टपुर्जा अभाव छ मजदुरहरु त्यत्तिकै घाम तापेर बस्नुपर्ने अवस्था छ, उनीहरुको चुलोमा आगो बल्न छोडेको छ काम केही हँुदैन उहाँले भन्नुभयो ।

त्यसैगरी सहभागी व्यवसायीहरुले नेपालमा आयात हुने नयाँ नयाँ मोडेलका सवारीका साधनको मर्मत सम्भार गर्न मेकानिकलाई सक्षम बनाउन राज्यले पनि व्यवसायीलाई सिप दिनुपर्ने बताए । उनीहरुले अटो मेकानिक्स र अटो व्यवसायीलाई असल नागरिकको परिचय दिन र राष्ट्र निर्माणमा सहयोग गर्न आफू लागिपरेको भन्दै राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी