नेपाल–चीनबीचको नाकामा जाँचलाई कडाइ पारिने

नेपाल–चीनबीचको नाकामा जाँचलाई कडाइ पारिने

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ,१२ मंसिर ।

आआफ्नो देशको नीतिनियम बमोजिम अवैध कारोबार पूर्ण रुपमा रोक्न नेपाल–चीनबीचको रसुवागढी नाकामा जाँचलाई कडाइ पारिने भएको छ ।

रसुवा र केरुङका प्रशासकबीच आज केरुङमा भएको समन्वयात्मक बैठकमा अवैध व्यापार नियन्त्रणका लागि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पारी जाँच कडाइ गर्ने सहमति भएको प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।

व्यापार सहजीकरणका लागि एकदिने प्रवेश अनुमति दिनका लागि केरुङ पक्षले छिटोभन्दा छिटो आफ्नो तालुक निकायसँग अनुमति माग्ने, सीमाक्षेत्रमा आपराधिक क्रियाकलापसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने, भूकम्पपछि भत्केका सीमास्तम्भ पुनःनिर्माणका लागि माथिल्लो निकायमा अनुरोध गर्ने र रसुवा र केरुङबीच मैत्रीपूर्ण सहरको अवधारणा लागू गर्ने सहमति भएको बताइएको छ ।

यस्तै अवैध वन्यजन्तुको अङ्ग ओसारपसार जस्ता क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गरी सीमा क्षेत्रको भूभागमा हुने आगलागी नियन्त्रण तथा वन्यजन्तु, वन वनस्पति, जैविक विविधता संरक्षण गर्ने दुवै देशका प्रशासकबीच सहमति भएको प्रजिअ गेलालले बताउनुभयो । बैठकमा सुरक्षा निकायका प्रमुख, भन्सार, अध्यागमन, वन र राष्ट्रिय निकुञ्जलगायतबाट प्रतिनिधित्व भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी