खेलकुद विश्वविद्यालय स्थापना गर्न माग गर्दै खेलकुदमन्त्री मण्डललाई ज्ञापनपत्र

खेलकुद विश्वविद्यालय स्थापना गर्न माग गर्दै खेलकुदमन्त्री मण्डललाई ज्ञापनपत्र

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १२ मङ्सिर ।

युवा संघ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने मागसहितको पैंतिसबुँदे ज्ञापनपत्र आज युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई बुझाएको छ ।

सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदानको स्थापना गर्नुपर्ने, बेरोजगार भत्तालाई अनिवार्य गर्नुपर्ने, युवा प्रतिभा पुरस्कारलाई व्यापक गर्नुपर्ने र एक युवा एक रोजगारीको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो ।

सङ्घले युवा जनसङ्ख्याका आधारमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको संवैधानिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न समेत माग गरेको छ । सो अवसरमा मन्त्री मण्डलले युवाले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष पहारीले ४०.३ प्रतिशत जनङ्सख्या भएको युवालाई उचित व्यवस्थापन नगरी राज्य समृद्धि हुन नसक्ने बताउनुभयो । उक्त भेटमा सङ्घका दिलकुमारी पन्त, रमेश पौडेल, वचनबहादुर सिंह, परशुराम बस्नेत, राजेश शाह र प्रभातविक्रम कटुवालको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी