बाबुले खेलाएको पेस्तोल पड्किँदा छोरीको मृत्यु

बाबुले खेलाएको पेस्तोल पड्किँदा छोरीको मृत्यु

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,१२ मंसिर ।

दोलखाको कटेरामा अवैध रुपमा राखिएको कटुवा पेस्तोल पड्किँदा एक बालिकाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा कटेरा भीमेश्वर नगरपालिका ७ स्थित सार्की स्वाराटोलकी दशमहिने रेश्मा चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

घटना हिजो दिउँसो करिब चार बजेर ४५ मिनेट जाँदा भए पनि हेरिरहेको टेलिभिजन पड्किएको भन्दै प्रहरीलाई उनकै बुवा रामकृष्ण चौँलागाईँले ढाँटेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक पाण्डेले स्थलगत अनुसन्धानका क्रममा घटनास्थलमा कटुवा पेस्तोल भेटिएको र पेस्तोल पड्किँदा बालिकाको ज्यान गएको मृतकका आफन्तले समेत स्विकारिसकेको बताउनुभयो ।

पेस्तोल पड्किँदा मृतकका चौलागाईंसमेत घाइते भएका थिए । घटना हुँदा मृतकका काका राजकुमार्र ं समेतसँगै रहेको र सो पेस्तोल पनि सिंगटीमा भेटेर उनैले ल्याएको स्वीकार गरेका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ