काठमाण्डौ,१२ मंसिर ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा जारी समस्याको समाधानका लागि वार्ता र सम्वाद मात्र उत्तम विकल्प भएको धारणा राख्नु भएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री पौडेलले देश भित्रको समस्या वार्ता र सम्वादबाट नै समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री पौडेलले भारतीय नाकाबन्दीको कारण आपूर्ति व्यवस्थापनमा आएको असहजतालाई छिट्टै समाधान गरिने गरी काम अगाडि बढाइएको बताउनुभयो । उहाले अहिलेको सीमाङ्कनमा आवश्यक्ता अनुसार संशोधनसमेत गर्न सकिने जनाउँदै प्रदेशको सीमाङ्कनको विषयमा आयोगमाफर्त तथा संसदीय आयोग बनाएर पुनःबिचार गर्न सकिने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline