काठमाण्डौ,१२ मंसिर ।
सुदूरपश्चिमका कैलाली लगायतका जिल्लामा रहेका स्वास्थ्य संस्थामा केही दिन यतादेखि अत्यावश्यक औषधिको अभाव भएको छ । औषधिको अभावसँगै बिरामीको सहज उपचारमा समस्या सिर्जना भएको सेती अञ्चल अस्पताल आकष्मिक कक्षका प्रमुख कृष्ण बोहराले बताउनुभयो ।
सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका अधिकांस औषधिसमेत स्वास्थ्य संस्थाहरुमा सकिएको बताइएको छ । औषधिको बिक्रेता साझा स्वास्थ्य सेवा धनगढीका प्रमुख उपेन्द्र हुमागाईँले रक्त चाप, मधुमेह, नसा, र ईमर्जे्न्सिलगायतका जीवन रक्षक औषधि सकिएको बताउनुभयो ।
मधेसमा जारी आन्दोलनका कारण वीरगन्जमा थन्किएको औषधिको ढुवानी हुन नसक्दा सुदूरपश्चिममा समेत औषधिको अभाव भएको हुमागाईँले बताउनुभयो । सुदूरपश्चिममा साझा स्वास्थ्य सेवाले मात्रै वार्षिक रु चार करोडभन्दा बढीको औषधि बिक्री गर्ने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline