काठमाण्डौ,१२ मंसिर ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले सुनसरीको चतराबाट गाईघाट–सिन्धुली–हैटौँडा हुँदै राजधानी काठमाडाँै जोड्ने वैकल्पिक राजमार्ग तत्काल सुधार गर्नका लागि सरकारसँग आपूmले पहल गर्ने बताउनुभएको छ ।
उदयपुरको गाइघाट पुग्नुभएका नेता नेपालले वैकल्पिक राजमार्ग सुधार गर्न तत्काल ग्राभेलिङ गर्ने र खाल्डाखुल्डी पुर्नेतर्फ सरकारको ध्यान आकर्षण गराएर चार महिनाभित्र मार्गको स्तरोन्नति गराउनेतर्फ पहल गर्ने बताउनु भयो ।
यस्तै वैकल्पिक मार्गलाई तीन लेनको मार्ग बनाउनका लागि पनि तत्काल आपूmले पहल गरेर सो मार्गलाई बहुप्रतिष्ठित योजनामा लाने आश्वासन समेत दिनुभयो । अब पूर्वी क्षेत्रको जनताले राजधानी काठमाडाँै जान दुःख नपाउने गरी आपूmले यो मार्ग सुधारको अभियान थालेको उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline