काठमाण्डौ,१२ मंसिर ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले काठमाडौंको लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा आगजनी गरेको छ ।
भारतले नेपालमाथी अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै विप्लव माओवादीले नेपालमा भारतीय नम्बर प्लेटका गाडी भारतीय सिनेमा भारतीय टेलिभिजन च्यानलहरु नेपालमा चलाउन रोक लगाएको छ।
माओवादीले आफ्नो अभियानको उल्लंघन गरेको भन्दै भारतीय दुताबासको २२ सीडी १७ नम्बरको गाडीमा आगो लगाएको जनाएको छ। अागजनीबाट गाडीको भित्री भाग जलेको छ भने सीसाहरू समेत फुटेका छन ।
नाकाबन्दीका कारण देशको अवस्था कष्टकर भएपछि माओवादीले त्यसको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेको छ । यसैबीच नाकाबन्दीकै विरोधमा नेकपा माओवादीले भोली नेपालबन्दको आह्वान समेत गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline