प्रधानमन्त्री ओली आज पनि छलफलमा

प्रधानमन्त्री ओली आज पनि छलफलमा

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ १२ मंसिर ।

तराई मधेसमा जारी आन्दोलन र मोर्चाको माग सम्बोधनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि छलफललाई निरन्तरता दिनु भएको छ ।

हिजो नेपाली कांग्रेससँग छलफल गर्नुभएका प्रधानमन्त्री ओलीले आज सत्तारुढ दलका नेतासँग छलफल गर्ने तयारी गर्नुभएको हो ।

मधेशी मोर्चाको माग सम्बोधनका लागि अबको तीन दिनमा साझा विकल्प तयार गर्ने गरि छलफल भइरहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राइले जानकारी दिनुभयो ।

सबैलाई मान्य हुने गरी साझा धारणा बनाउने गरी गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

यसअघि कांग्रेसले राखेको संसोधन प्रस्तावबाट मात्रै समस्या समाधान नहुने भएकाले त्यसलाई परिमार्जन गरेर सरकारले अर्को प्रस्ताव पेश गर्ने जानकारी दिनुभयो ।

मधेसी मोर्चाले साझा धारणा तयार गर्न भने पनि सत्तारुढ तथा विपक्षी दलले हालसम्म तयार गर्न सकेका छैनन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी