सुत्केरीका लागि प्रयोग गरिने औषधी अक्सिटोसिनको देशैभर अभाव

सुत्केरीका लागि प्रयोग गरिने औषधी अक्सिटोसिनको देशैभर अभाव

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १२ मंसिर ।

सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग गरिने औषधि अक्सिटोसिनको देशैभर अभाव देखिएको छ ।

केही समय भित्रमा औषधी आपूर्ति हुन नसके मुलुकभर अक्सिटोसिनको अभाव भएर उपचारमा समस्या देखिने बताइएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखका अनुसार
केही समयअघि राष्ट्रसंघीय नियोग युएनएफपिएले दिएको करिब १० हजार भाइल औषधि पनि विभिन्न जिल्लामा वितरण गरिसकेको छ ।

उक्त औषधिको परिमाण पनि निक्कै कम भएकाले केही दिनपछि अस्पतालहरुमा अक्सिटोसिनको अभाव हुने महाशाखाका निर्देशक डा. भीम टिंकरीले बताउनु भयो ।

उक्त औषधी सुत्केरी नहुँदै व्यथा लगाउन तथा सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राव हुनबाट रोक्नका लागि प्रयोग गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी