वार्ताबाटै मधेश आन्दोलन हल गरिन्छ :गृहमन्त्री  बस्नेत

वार्ताबाटै मधेश आन्दोलन हल गरिन्छ :गृहमन्त्री  बस्नेत

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, ११ मङ्सिर ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले तराई मधेस आन्दोलनमा सरकारले आवश्यकताभन्दा बढी संयम एवम् धैर्यता अपनाइरहेको बताउनुभएको छ ।

“आन्दोलनकारीकै गतिविधि र क्रियाकलापमा सरकार उपस्थित हुने गरेको भए धेरै दुःखद स्थिति आउने थियो तर सरकार यस्तो अवस्था आउन दिने पक्षमा छैन ।”

व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा गृहमन्त्री बस्नेतले तराई मधेसको समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरकारले प्राथमिकता दिएको छ भन्नुभयो ।

सो आन्दोलनका क्रममा हालसम्म ३५ जना सर्वसाधारण र ११ सुरक्षाकर्मीको अकालमा निधन भइसकेको छ । हालसम्म ९५० घाइते भएका छन् ।

गृहमन्त्री बस्नेतले सीमामा भित्रिएका मालबाहक गाडीलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने काममा कुनै अवरोध नभएको स्पष्ट पार्दै अहिले राजमार्ग अवरुद्ध छैन भन्नुभयो ।

मानवीय सङ्कट आउन नदिन र अत्यावश्यक वस्तुहरुको कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमन टोली बनाइ काम गरेको उहाँले बताउनुभयो । गृहमन्त्री बस्नेतले पेट्रोलियम पदार्थको कालोबजारी गर्न खोज्ने ११९ जनालाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको समितिलाई जानकारी दिनुभयो ।

सो अवसरमा सांसदहरु हितराज पाण्डे, पाँचकर्ण राई, वसुन्धरा रोका, राममाया बोगटी, कृष्णबहादुर छम्तेल, कमलाकुमारी घिमिरे, धनबहादुर राना, गीता क्षेत्रीले तराई मधेसमा जारी आन्दोलनलाई वार्ता र संवादका माध्यमबाट हल गर्न सुझाव दिनुभएको थियो ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठले अत्यावश्यक वस्तुहरुको कालोबजारी नियन्त्रणमा सरकारले ध्यान दिन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी