भूकम्पका बेला शिविरमा बसेका ४०० महिला हिंसामा

भूकम्पका बेला शिविरमा बसेका ४०० महिला हिंसामा

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, ११ मङ्सिर ।

महिला पुनःस्थापना केन्द्र (ओरेक)ले भूकम्पका बेला करिब ४०० महिला हिंसामा परेको जनाएको छ ।

भूकम्पका बेला घरबाहिर शिविरमा बसेका बेला महिलामाथि हिंसा हुने गरेको ओरेकले बताएको छ । ओरेकका कोषाध्यक्ष जया लुइँटेलले भन्नुभयो – “भूकम्पका बेला महिलामाथि भएका हिंसाबारे संस्थामा दर्ता हुन आएका यी घटना हुन् । बाहिर नआएका घटना अझै धेरै हुन सक्छन् ।”

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा ओरेकले सार्वजनिक गरेको आफ्नो पुस्तक ‘अन्वेषी’ मा तराईका ८२.३ प्रतिशत महिला हिंसामा पर्ने गरेको उल्लेख छ । यसैगरी, पहाडका १३ प्रतिशत र हिमालका ०.२ प्रतिशत महिला हिंसामा परेको अध्ययनले देखाएको छ । “यसको मतलव हिमालका महिलामाथि हिंसा नभएको भने हैन” उहाँले भन्नुभयो –“हिमालका महिलालाई हिंसाबारे नै जानकारी छैन त्यसैले बाहिर आउन सकेको छैन ।”

राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष मनु हुमागार्इंले भने कोही पनि महिलाले हिंसा सहनु नपरोस् र हिंसामा परेका महिलाले पनि न्याय पाउन सकुन् भनेर नै यो अभियान चलाइरहेको बताउनुभयो ।

बुधबारदेखि सुरु भएको सो अभियान विभिन्न ४० सङ्घसंस्थाले महिला हिंसाविरुद्ध जनचेतनात्मक कार्यक्रम गर्दै मनाइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी