पाल्पामा जिप दुर्घटना हुदाँ तीनको मृत्यु

पाल्पामा जिप दुर्घटना हुदाँ तीनको मृत्यु

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ,११ मंसिर ।

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन ।

सदरमुकाम तानसेनबाट गोठादीतर्फ जादै गरेको लु १ व १९ २२ नम्बरको जिप बोखर गाउँमा दुर्घटना हुदा झडेवा–५ की ६० वर्षिया रम्भादेवी गाहा, रहवास–६ का २४ वर्षिय खड्ग चौहान र गोठादीका ७१ वर्षिय टेकबहादुर लुंइचेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएकोे छ । अत्याधिक यात्रु राखेका कारण घुम्तीमा जिप दुर्घटना भएको प्रहरीको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी