काठमाडौँ, ११ मङ्सिर ।
‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ नामक संस्थाले नाकाबन्दी विरुद्व आज बिहान राजधानीमा सद्भाव पदयात्रा निकालेको छ ।
मानव अधिकार शान्ति समाज, विद्यार्थी, विभिन्न राजनीति संघसंस्थाले संयुक्त रुपमा जोरपाटीबाट बौद्वसम्म निकालेको पदयात्रालाई सम्बोधन गर्दै सांसद रामेश्वर फुँयालले नेपालमा विश्वमै सबैभन्दा धेरै जनप्रतिनिधिबाट संविधान बनेको भन्दै यही संविधानलाई देखाएर छिमेकी मुलुकले विरोध गर्न नमिल्ने बताउनुभयो ।
मानवअधिकारकर्मी कृष्ण पहाडीले वार्ता र संवादबाटै मधेसी दलको जायज मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline