सत्तारुढ दलसँग संविधान संशोधन र प्रदेश सिमांकनको छिनोफानो गर्ने शक्ति छैन : महतो

सत्तारुढ दलसँग संविधान संशोधन र प्रदेश सिमांकनको छिनोफानो गर्ने शक्ति छैन : महतो

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ ११ मंसिर ।  

संघीय सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महतोले अब कांग्रेस, एमाले र एमाओवादी बिना हुने वार्ताको कुनै औचित्य नभएको बताउनु भएको छ ।

सप्तरीको राजविराजमा आज बिहान भएको पत्रकार सम्मेलनमा उहाँले सत्तारुढ दलसँग संविधान संशोधन र प्रदेश सिमांकनको छिनोफानो गर्ने शक्ति नभएकाले प्रतिपक्षी दल कांग्रेस बिनाको वार्ताको औचित्य नरहेको बताउनु भएको हो ।

सार्थक वार्ताका लागि दलहरुबीच प्रदेश सीमांकन सहित सरकारलाई मोर्चाले बुझाएको ११ सुत्रीय मागमा एउटै विचार हुनु आवश्यक भएको अध्यक्ष महतो भनाइ छ ।

उहाले मधेसमा तीन महिना बढीदेखि जारी आन्दोलन मधेशी जनताको अधिकार प्राप्तिका लागि भएकाले यो कुनै जातीय विशेष नभएको प्रष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी