नाकाबन्दीको विरोधमा आज चक्रपथमा मानव साङ्लो

नाकाबन्दीको विरोधमा आज चक्रपथमा मानव साङ्लो

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, ११ मंसिर ।

भारतको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलन कारण देशको अवस्था अस्तव्यस्त भएपछि त्यसको विरोधमा आज राजधानीमा विशाल मानव सांग्लोे प्रदर्शन गरिदैछ ।

बन्दका कारण बालबालिकामा परेको असरलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने उद्देश्यले आज बालबालिकाहरु हातमा प्लेकार्ड बोकी चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गर्ने भएका छन् ।

‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य नाराका साथ आज बिहान ११ बजे कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो तयार गर्ने छन् ।

साङ्लो प्रदर्शनमा सहभागी हुँदा राष्ट्रिय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हकअधिकार लेखिएको प्लेकार्ड, ब्यानर हुने बताइएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्था विरोध प्रदर्शनमा उत्रिएका छन ।

विरोध सांग्लोमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले समेत सहभागिता जनाउदै छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ