सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज सम्पन्न

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज सम्पन्न

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१० मंसिर ।

डडेल्धुरास्थित उग्रतारा भगवतीको मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको मेला आज दिउँसो पूजाआजा गरेर सम्पन्न भएको छ ।

देहीजातका नामले प्रसिद्ध सो मेलामा सुदूरपश्चिमका विभिन्न स्थान बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङ जिल्लाका साथै छिमेकी भारतीय क्षेत्रबाट समेत श्रद्धालु भक्तजन उग्रतारामा दर्शन गर्न आउने गरेका स्थानीय मेला व्यवस्थापकले जानकारी दिएको छ ।

तर, यस वर्ष पेट्रोलियम पदार्थको अभावले सवारीसाधन चल्न नसकेपछि दशनार्थीको संख्या घटेकोे छ । हरेक वर्ष कात्तिक शुल्क पूर्णिमाका बेला लाग्ने उग्रतारा मेलाका दिन उग्रतारा मन्दिरमा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको स्थानीय बासिन्दा बताउँछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी