भारतको नाकाबन्दीका कारण जनतालाई सास्तीः मन्त्री सापकोटा

भारतको नाकाबन्दीका कारण जनतालाई सास्तीः मन्त्री सापकोटा

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१० मंसिर ।

वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटाले भारतको अघोषित नाकाबन्दीका कारण जनताले सास्ती बेहोरेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको फुल्पिङकोट गाविस–३ देउरालीडाँडामा भूकम्पले भत्किएको लक्ष्मीदेवी माध्यमिक विद्यालयको भवनको आज शिलान्यास गर्दै उहाँले नाकाबन्दी हटाउन कूटनीतिक रुपमा सरकारले पहल गरिरहेको बताउनुभयो ।

मन्त्री सापकोटाले नयाँ संविधान कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली जनताले आफ्नो स्वाभिमान जोगाउनका लागि अघिबढ्ने बेला भएको बताउनुभयो ।

उहाँले भूकम्पबाट प्रभावित विद्यालयको नयाँ भवन निर्माणले नयाँ अध्याय सुरु भएको उल्लेख गर्दै भूकम्पको पीडा जिल्लामा यथावत् रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी