मध्यान्हसम्म २९ ट्याङकर ईन्धन भित्रियो

मध्यान्हसम्म २९ ट्याङकर ईन्धन भित्रियो

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१० मंसिर ।

विभिन्न नाका भएर आज मध्यान्हसम्म २९ ट्यांकर इन्धन नेपाल भित्रिएको छ ।

विराटनगरको जोगवनी नाका भएर आज मध्यान्हसम्म २३ ट्यांकर इन्धन प्रवेश गरेका छन् । २० ट्यांकर डिजेल र ३ ट्यांकर पेट्रोल नेपाल प्रवेश गरेका हुन् । विराटनगर मध्यान्हसम्म ८२ वटा मालवाहक सवारी नेपाल प्रवेश गरेको विराटनगर भन्सारले जनाएको छ ।

नेपालगञ्ज नाकाबाट मध्यानहसम्म ५ वटा हवाइ इन्धनका ट्याकंर नेपाल प्रवेश गरेका छन् । बुधबार नेपालगञ्जबाट २८ ट्यांकर डिजेल ५ वटा हवाइ इन्धन र दुईवटा ग्यास बुलेट नेपाल आएका थिए ।

एक हप्तादेखि असहज भएको भैरहवा नाका अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । मध्यान्हसम्म भैरहवाबाट एउटा पनि इन्धनका गाडी नेपाल आएका छैनन् ।

भैरहवाबाट बुधबार ६ बुलेट ग्यास प्रवेश गरेका थिए । सुनौलीमा झण्डै ७० वटा ग्यास बुलेट रोकिएका छन् । काँकडभिट्टाको मेची भन्सारबाट मध्यान्हसम्म १ गाडी डिजेल मात्र नेपाल आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी