एमाले नेता नेपालद्धारा बङ्गलादेश र पाकिस्तानका राजदूतसंग भेटबार्ता

एमाले नेता नेपालद्धारा बङ्गलादेश र पाकिस्तानका राजदूतसंग भेटबार्ता

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, १० मङ्सिर ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद खोसासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले दुबै देशका राजुदुतसंग नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल तथा सम्बन्धित देशको द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयमा कुराकानी गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले देश र नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी संविधान बनाएकोमा सम्पूर्ण मित्रहरु खुसी हुनुपर्ने र नेपालभित्रका समस्याहरु आन्तरिक रुपमा हल गर्न नेपाल सरकार र यहाँका राजनीतिक दलहरुलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

भेटमा दुवै देशका राजदूतहरुले पारवहन अवरोधका कारण नेपालका जनताले अहिले भोगिरहेको इन्धन, औषधिलगायतका अत्यावश्यक वस्तुहरुको अभाव एवम् उत्पन्न मानवीय समस्याप्रति दुवै देश संवेदनशील रहेको र सक्दो सहयोग गर्नसमेत तयार रहेको बताउनु भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी