आयल निगमकै पम्पमा सिलबन्दी

आयल निगमकै पम्पमा सिलबन्दी

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,१० मंसिर ।

सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीअन्तर्गतको खुद्रा बिक्री केन्द्र  अञ्चलपुर भैरहवालाई स्थानीय अनुगमन समितिले सिलबन्दी गरेको छ ।

वाणिज्य विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, नापतौल तथा गुणस्तर कार्यालय, प्रहरी र सञ्चारकर्मीसहितको टोलीले सुरु गरेको अनुगमनका क्रममा सरकारी पेट्रोल पम्पमा नै अनियमितता भएको पाइएपछि पम्पमा सिल लगाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।

अनुगमनमा खटिएको टोलीले पम्पमा जाँच गर्दा पम्पमा डबल नोजल प्रयोग गरिएको पाइएपछि आफूले पम्पमा सिल गर्न आदेश दिएको प्रजिअ ढकालले जानकारी बताउनु भयो ।

उहाँका अनुसार आयल निगमकै पम्पबाट तेलको परिमाण पूरा नपुग्ने गरी आमउपभोक्तालाई ठगिरहेको पाइएको हुँदा पम्पमा सिल लगाएर थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी