पेट्रोल ल्याएको भन्दै आन्दोलनरत मोर्चा कायकर्ताले जीउदै आगो लगाए

पेट्रोल ल्याएको भन्दै आन्दोलनरत मोर्चा कायकर्ताले जीउदै आगो लगाए

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, १० मंसिर ।

मोरङको भातिगछमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले एकजनालाई पेट्रोल खनाएर जिउदै जलाउने  प्रयास गरेका छन । सीमावर्ती भारतीय बजारबाट पेट्रोल लिएर आउँदै गरेका भाथिगछ २ का बब्लु राजवंशीलाई मोर्चाका कार्यकर्ताले पेट्रोल खन्याएर आगो लगाएका छन ।

राजवंशीले ल्याएको १५ लिटर पेट्रोल आधी भुईंमा र आधी उनकै शरीरमा खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।

भारतीय बजारबाट पेट्रोल ल्याउँदै गर्दा भारथिगछ ७ मा को १ प २६ ५० नम्बरको मोटरसाइकल रोकेर आगो लगाइएको थियो । प्रहरीका अनुसार आगो लगाउने भाथिगछ २ का जुगेश्वर मुखिया, जितेन्द्र मुखिया र अजय साह रहेका छन् ।

पेट्रोल खन्याएर आगो लगाएर फरार भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट ग्यारेजको प्रयोजनका लागि ल्याइएको पेट्रोल स्थानीय बन्दकर्ताले बन्दमा किन ल्याएको भन्दै खोस्ने प्रयास गरेपछी पीडितले प्रतिकार गर्दा त्यही पेट्रोल पोखेर शरीरमा आगो लगाइ दिएका थिए ।

आगो लागेपछि राजवंशीको ५० प्रतिशत भन्दा बढी शरीरका भागहरु जलेका छन् । पीडित राजवंशिको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी