प्रतिपक्षी र मधेसी दलको अवरोधका कारण संसद् बैठक अवरुद्ध

प्रतिपक्षी र मधेसी दलको अवरोधका कारण संसद् बैठक अवरुद्ध

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १० मङ्सिर ।

व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रतिपक्षी र मधेसी दलको अवरोधका कारण अवरुद्ध भएको छ ।

बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर बोल्न पाऊँ भन्दै संसदीय प्रक्रियामा अवरोध पु¥याउनुभएको थियो ।

सभामुख ओनसरी घर्तीले सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न दिएपछि काँग्रेसका सांसद्ले पहिला आफूहरुले बोल्न पाउनुपर्ने भन्दै उठेर होहल्ला गरेका थिए ।

यादवले भनाइ राखेसँगै मधेसी दलबाट बैठकमा नाराबाजी हुने स्थिति भएकाले काँग्रेस सांसदहरुले आफूहरुले पहिला बोल्न पाउनुपर्ने जिकिर गरेका थिए । हात उठाएपछि दलीय आधारमा पालैपालो सबै सांसदलाई बोल्न दिइने भएकाले त्यतातर्फ टिप्पणी नगरी आफ्नो स्थान ग्रहण गरेर सहयोग गर्न सभामुख घर्तीले आग्रह गर्नुभयो ।

सभामुख घर्तीले बोल्न समय दिने आफ्नो अधिकार भएको र विधिअनुसार समय दिइएकाले अवरोध नगर्न आग्रह गर्दागर्दै पनि सांसद्ले नमानेपछि बैठक स्थगन हुन पुगेको हो ।

काँग्रेसका सांसद्हरुले दलीय आधारको औचित्य सिद्ध गर्न र कसलाई पहिला बोल्न दिने भन्ने स्पष्ट पार्न माग गरेका थिए । यसबीचमा सरकारलाई समर्थन गरिरहेको नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि बोल्न पाऊँ भन्दै समय माग गर्नुभएको थियो ।

संविधानमा असन्तुष्ट मधेसी दलको अवरोधका कारण यसअघिका संसद्का बैठक पनि अवरोध हुँदै आएको थियो । संसद्को अर्काे बैठक यही मङ्सिर १५ गते बिहान ११ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी