कपिलवस्तु, १० मङ्सिर ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेश आन्दोलन संबोधन नगरे देशमा झन ठुलो संकट आउने बताउनु भएको छ । उहाले मधेसमा जारी आन्दोलनलाई सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा थप सङ्कट सिर्जना हुने चेतावनी दिनुभएको हो ।
मधेसी पत्रकार समाज कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष झाले भन्नुभयो – “हामीहरु स्वर्गीय गजेन्द्रनारायण सिंहले बाकेको समृद्ध नेपाल र नेपालभित्रको समृद्ध हिमाल, पहाड र मधेसको परिकल्पनालाई बोकेर अघि बढेका हौँ तर मधेस र मधेसीको अधिकार माग गर्न खोज्दा राज्यले सधैँ विभेदकारी नीति अँगाल्यो ।”
अध्यक्ष झाले वर्तमान सरकारका कतिपय मन्त्रीहरु सङ्घीयता विरोधी रहेका कारण पनि मधेसका माग सम्बोधन हुन ढिलाइ भइहरेको गुनासो गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline