चितवन १० मंसिर ।
चितवनमा ३ ओटा माओवादी बीच फेरी पार्टी कार्यालयको स्वामित्वको बिषयलाई लिएर झडपको अबस्था सृजना भएको छ ।
एकीकृत नेकपा माओवादी विभाजनपछी भरतपुरमा रहेको पार्टी कार्यालय प्रयोगको विषयमा यस अघि पनि पटक पटक ३ पाटीबीच विवाद उत्पन्न भएको थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले एकिकृत नेकपा माओवादी र वैद्य नेतृत्वको माओवादीले चितवनको पार्टी कार्यालय एकलौटी रुपमा आफुले प्रयोग गरेको भन्दै कार्यालयका बोर्डहरु हटाउन चौविस घण्टे अल्टिमेटम दिएको छ ।
विप्पलब नेतृत्वको माओवादीले पार्टी विभाजन पश्चात पार्टी कार्यलयलाई जनताको सम्पत्तिका रुपमा सहिद पार्क बनाउने सहमति भएको र उक्त सहमती एमाओवादी र नेकपा–माओवादीले लत्याएको भन्दै कडा आपत्ति जनाउदै कार्यालय हटाउन अल्टिमेटम दिएको हो ।
विप्लब नेतृत्वको माओवादीका चितवन जिल्ला सेक्रेटरी महेशले एक विज्ञप्ती जारी गर्दै सहमति तोड्दै एक पक्षीय ढंगबाट उक्त कार्यलय भागवन्डा र बेचविखन गर्ने गरि गृह प्रशासनको आडमा पार्टीकार्यलय प्रयोगमा लिएको बिषयमा गम्भिर ध्यानाकर्षण रहेको जनाइएका छन् ।
विप्लब माओवादीले उक्त स्थानबाट २४ घण्टा भित्र एनेकपा माओवादी र नेकपा–माओवादीको बोर्ड नहटाए जस्तो सुकै कदम चाल्न आफूहरु बाध्य हुने चेतावनी समेत दिएको छ ।
गत साल असार १६ गते पार्टी कार्यालय प्रयोगको बिबादले उग्र रुप लिएपछि एमाओवादी नेकपा(माओवादी बीचझडप भएको थियो ।
झडपमा परी पाँचजना घाईते भएका थिए ।बैद्य माओवादी पनी विभाजित भएपछी केहीसमय साम्य जस्तो देखिएको पार्टी कार्यालय प्रयोगको विवाद पुन बल्झिएको छ ।
