नाकाबन्दीको विरोधमा भोलि चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गरिदै

नाकाबन्दीको विरोधमा भोलि चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गरिदै

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १० मंसिर ।

तराई मधेसमा जारी आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण नेपाली बालबालिकामा परेको असरलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने उद्देश्यले आगामी शुक्रबार बालबालिकाले चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गर्ने भएका छन् ।

‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य नाराका साथ शुक्रबार बिहान ११ बजे कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो तयार गर्ने छन् ।

शिक्षण संस्थाको छाता सङ्गठन (अपिन) तथा संयुक्त विद्यार्थी सङ्गठनद्वारा एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले उक्त कार्यक्रममा कुनै प्रकारका कोणसभा या नाराबाजी नगरिने बताउनु भयो।

साङ्लो प्रदर्शनमा सहभागी हुँदा राष्ट्रिय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हकअधिकार लेखिएको प्लेकार्ड, ब्यानर हुने बताउनु भयो ।

निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्था अपिनमा आबद्ध छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ