व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ १० मंसिर ।  

व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ पछि सुरु हुने आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रिपरिषद विस्तारसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

यस्तै संसदको महिला, बालबालिका समितिको वार्षिक प्रतिवेदन पनि आजको बैठकमा पेश हुने कार्यसुची रहेको संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

यसअघि गत सोमबारको बैठकमा नै उक्त कार्यसूचि रहे पनि मधेसी मोर्चा आवद्ध दलका सांसदहरुले अवरोध पुर्याएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

यस्तै आजै दिउँसो २ बजे नियमावली मस्यौदा समितिको बैठक पनि बस्ने तयारी भएको सहयक प्रवक्ता कुईंकेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी