नाकाबन्दीको विरोधमा विप्लव माओवादीद्धारा हिन्दी फिल्म र केवल टीभी प्रशारणमा रोक

नाकाबन्दीको विरोधमा विप्लव माओवादीद्धारा हिन्दी फिल्म र केवल टीभी प्रशारणमा रोक

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं १० मंसिर ।

विप्लव नेतृत्वको नेकपा माओवादीले विहीबारदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराएको छ ।

भारतीय नाकाबन्दीको विरोधस्वरुप देशभर हिन्दी च्यानल र चलचित्रमा रोक लगाएको नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्माले बताउनुभयो ।

नेकपा माओवादीले चलचित्र हल र केबुल सञ्चालकहरुलाई हिन्दी चलचित्र तथा च्यानलहरु प्रसारण बन्द गराउन पत्राचर गरेको छ ।

केबल सञ्चालक र चलचित्र हल सञ्चालकहरुलाई हिन्दी च्यानल र चलचित्र बन्द गर्न भनिसकेको र त्यसमा साथ नदिए राष्ट्रिय स्वाधिनताका लागि आफ्नै तरिकाले बन्द गर्न आफ्ना इन्जिनियरहरु तयार रहेको प्रवक्ता प्रकाण्डले बताउनु भयो ।

माओवादीले भारतीय नम्बर प्लेटका मालवाहक गाडिहरु पनि चल्न नदिने जनाएको छ । भारतले गरेको अघोषित नाकाबन्दीलाई नेपाली सार्वभौममाथिको हस्तक्षेप भएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले चरणबद्ध रुपमा आन्दोलन घोषणा गरि त्यसको विरोध गरिरहेको छ ।

नाकाबन्दीको विरोधमा माओवादीले मंसिर १३ गते नोपालबन्दको आयोजना समेत गरेको छ ।यसअघि पनि नेकपा माओवादीले भारतको नाकाबन्दीको विरोधमा विभिन्न चरणका आन्दोलन गरेको थियो भने केबुल ससञ्चालकहरुले स्वतःस्फूर्तरुपमा हिन्दी च्यानल बन्द गरेका थिए ।

तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको दबावमा हिन्दी च्यानलको प्रसारण पुनः सुरु गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी