नवलपरासीको रेडियो परासीमा पेट्रोल बम प्रहार

नवलपरासीको रेडियो परासीमा पेट्रोल बम प्रहार

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १० मंसिर ।  

नवलपरासीको सदरमुकाम परासीमा रहेको रेडियो परासीमा गएराति अज्ञात समुहले पेट्रोल बम प्रहार गरेका छन् । उनीहरुले पार्किङमा रहेको एउटा मोटरसाइकलमा समेत आगजनी गरेका छन् ।

समाचारको विषयलाई लिएर टेलिफोन मार्फत धम्काउँदै गर्दा बाहिर आएका अज्ञात व्यक्तिहरुको समुहले पेट्रोल बम प्रहार गरी मोटरसाइलमा आगजनी गरेको रेडियोका प्रबन्धक मेघराज गौतमले जानकारी दिनुभयो ।

सञ्चारमाध्यममा आक्रमण भएपछि सुरक्षाको माग गर्दै रेडियोको प्रशासरण अनिश्चितकालिनका लागि बन्द गरिएको छ ।

भारतले गरेको नाकाबन्दीलाई प्राथमिकता दिएर समाचार प्रशारण गरेको तथा कालोबजारीको समाचारलाई प्राथमिकता नदिएको भन्दै टेलिफोन फोन मार्फत धम्की आएको प्रबन्धक गौतमले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ