भारतले नेपालमाथि लगाएको नाकाबन्दी अमानवीय : चीनीय अध्ययन केन्द्र

भारतले नेपालमाथि लगाएको नाकाबन्दी अमानवीय : चीनीय अध्ययन केन्द्र

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ १० मंसिर ।  

चिनीया अध्ययन केन्द्रले भारतीय नाकाबन्दी अमानवीय, मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लंघन भएको जनाएको छ ।

केन्द्रले हिजो विज्ञप्ति जारी गरी दुई देशबिचको सम्बन्धलाई नकारात्मक असर पार्ने भारत सरकरको यस्तो नाकाबन्दी भूपरिवेष्टित देश नेपालको पारवहन अधिकार, संयुक्त राष्ट्र संघ र सार्क बडापत्र, डब्लुटिओको नियम–सम्मत अन्तर्राष्ट्रिय व्यापार, अन्तर्राष्ट्रिय कानुन विपवरित तथा दुई देशबिच अहिलेसम्मको प्रचलन प्रतिकूल रहेको भन्दै यस्तो क्रियाकलापको भत्सर्ना गरेको छ ।

केन्द्रका महासचिव डा. उपेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा नेपाललाई आत्मनिर्भर र स्वावलम्बी बनाउन आवश्यक पर्ने सम्झौता र पूर्वाधार तयार पार्ने गरी आवश्यक व्यवस्थापन गर्न नेपाल सरकार तत्पर रहोस् भन्ने अपेक्षा गरिएको उल्लेख छ ।

यस्तो कठिन परिस्थितिमा नेपाली नागरिकले देखाएको धैर्य तथा असहज एवम् सङ्कटमय परिस्थितिको सामना गर्दै राष्ट्रको स्वाभिमान र देशभक्तिको भावनालाई उच्च राख्ने नेपाल सरकारको दृढताको सराहना गरेको छ ।

केन्द्रले यस सङ्कटको परिस्थितिमा आवश्यक आपूर्तिको व्यवस्था गरी एक असल छिमेकीको हैसियतले मैत्री भाव देखाएकामा चीन तथा नेपाललाई सहानुभूति देखाउँदै सहयोग गर्न अग्रसर अन्य अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी