गोली चलाउनु भारतीय सुरक्षा बलको गल्ती–प्रजिअ पन्थ

गोली चलाउनु भारतीय सुरक्षा बलको गल्ती–प्रजिअ पन्थ

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

इटहरी, ९ मङ्सिर । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा आज बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली चलाएर चारजना नेपाली गम्भीर घाइते बनाउनु भारतीय सुरक्षाकर्मीका तर्फबाट सिधै गल्ती भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभएको छ ।

घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलसँँग समेत भेटघाट गरेर घटनाका विषयमा गहन अध्ययनपछि सदरमुकाम इनरुवा आइपुग्नुभएका प्रजिअ पन्थले स्थानीयवासीले भने जस्तै भारतीय सीमा सुरक्षा बलका जवानले नेपालको भू–भागमा आएर जथाभावी गोली चलाएको देखिएको उल्लेख गर्नु भयो ।

साइकलमा रासायनिक मल लिएर नेपालतिर आउँदै गरेको नेपालीलाई साइकलमा पच्छ्याउँदै आएका भारतीय सुरक्षा बलका जवानले नेपाली भूमिमा बसिरहेकालाई जथाभावी बोल्ने र गालीगलौज गरेपछि तनाव भएको र एक्कासी भारतीय जवानहरुले फायर खोलेको स्वयम एसएसबीका जवानले बताएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी गराउनुभयो ।

भारतीय सुरक्षा बल एसएसबीले आफुहरुमाथि पनि लाठी प्रहार गरेको र आत्मरक्षाका लागि बाध्य भ्एर फायर खोल्नुपरेको भन्ने भनाइले पनि उनीहरुबाट गल्ती भएको देखिन आएको पनि प्रजिअ पन्थले जानकारी गराउँदै नेपाली भूमिमा प्रवेश गरेर नेपालीमाथि नै गोली हान्नु सिधै गल्ती भएको टिप्पणी गर्नुभयो ।

घटनापछि हरिपुर सीमानाका क्षेत्रमा अहिले स्थिति शान्त रहेको छ । सुनसरी प्रहरीले घट्नालाई गम्भीररुपमा हेर्न छलफल चलाइरहेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी