सभासदहरुद्धारा भारतीय राजदुतलाई देश निकाला गर्न माग

सभासदहरुद्धारा भारतीय राजदुतलाई देश निकाला गर्न माग

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौं मंसीर ९ । विभिन्न सभासदहरुले काठमाण्डौंमा रहेका भारतीय राजदुत रणजीत रायले नेपालको हित विपरीत गतिविधि र अभिव्यक्ति दिईरहेको भन्दै उनलाई देश निकाल गर्न माग गरेका छन् ।

एमालेबाट प्रतिनिधित्व गर्ने सांसद यज्ञराज सुनुवारले मधेश आन्दोलनको प्रवक्ता जस्तो भएकाले उनलाई अविलम्ब देश निकाला गर्न माग गर्नु भयो ।

सुनुवारले आज राज्य व्यवस्था समितिको बैठकमा बोल्दै त्यस्तो माग गर्दा अन्य सभासदहरुले पनि त्यसको समर्थन जनाएका थिए ।

यस्तै युवराज ज्ञवाली लगायतका अन्य सासदले पनि भारतीय राजदुतको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरीत भएको भन्दै उनलाई फिर्ता पठाउन माग गरेका छन् ।
स्मरणीय छ केही वर्ष अघि सोलुखुम्बुमा भारतीय तत्कालीन राजदुत राकेश सुदलाई माओवादी कार्यकर्ताहरुले जुत्ता प्रहार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ