काठमाडौं, ९ मंसिर ।
प्रहरीले बढी मुल्यमा ग्याँस बिक्री गरीरहेको अवस्थामा एक युबकलाई पक्राउ गरेको छ ।
काठमाडौं सितापाईला बस्ने ३८ वर्षीय देवक पौडेललाई प्रति आधा सिलिण्डर १ हजार २ सय रुपैयाँको दरले विक्री वितरण गरीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोर्खाली खाद्य स्टोर तथा ग्याँस सप्लायर्सका पौडेलले गजुरीबाट गिता ग्याँस ल्याई सितापाईलामा प्रति आधा सिलिण्डर १ हजार २ सय रुपैयाँको दरले विक्री गर्ने गरेको जनाइएको छ ।
यसैगरी सिनामंगलस्थित एलिना ट्राभल्स एण्ड टुर्समा प्रतिलिटर २ सय ५० रुपैयाँका दरले पेट्रोल बिक्री बितरण गरिरहेको अवस्थामा १ सय ३५ लिटर पेट्रोलसहित ४ जनालाई महानगरीय प्रहरी बृत्त गौशालाले पक्राउ गरेको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline