काठमाण्डौ,९ मंसिर ।
सरकारले एनआरएन अध्यक्ष शेष घले, अभिनेता राजेश हमाल र क्रिकेटर पारस खड्कालाई लैगिंक हिंसाबिरुद्धको सदभावदूत नियुक्त गरेको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आजदेखी सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अबसरमा घले ,हमाल र खड्कालाई सदभावदूत घोषित गरेको हो ।
महिला हिंसाविरुद्ध पुरुषको पनि सहकार्य अनिवार्य हुने भएकाले ख्यातिप्राप्त तीन पुरुषलाई सद्भाव दूत घोषणा गरिएको समाज कल्याण मन्त्री सिपी मैनालीले बताउनु भयो ।
तीनै सद्भावना दूत संयुक्त राष्ट्रसंघ अन्तरगतको ‘मेन लिडर नेटवर्क’ अन्तरगत नेपाल समितिको सदस्य समेत रहनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline