मौज्दातअनुरुप इन्धन वितरण हुन्छ : मन्त्री पुन

मौज्दातअनुरुप इन्धन वितरण हुन्छ : मन्त्री पुन

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, ९ मङ्सिर ।

वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको संकट रहेको भए पनि नुन र खाद्यान्नको भने पर्याप्त मौज्दात रहेको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले पेट्रोलियम पदार्थको मौज्दातको अवस्थालाई दृष्टिगत गरी अत्यावश्यक यातायातका साधनलाई इन्धनमा प्राथमिकताका दिने बताउनु भयो ।

उहाँले बजारमा खाना पकाउने ग्यासको अभाव निकै रहेको भन्दै कुल मागको १० प्रतिशतको हाराहारीमा भित्रिएको ग्यासले बाँकी ८५ प्रतिशतलाई सम्बोधन गर्नुपर्ने अवस्था निकै चुनौतीपूर्ण रहेको बताउनु भयो ।

कालोबजारी गर्नेमाथि कारबाहीको थालनी सुरु गरिसकिएको तथा आपूर्तिलाई व्यवस्थित तुल्याउन परिचयपत्रको व्यवस्था गर्ने बारेमा छलफल भइरहेको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी