नेपालमा मानवीय संकट आउन सक्ने भन्दै बेलायतद्धारा गम्भीर चिन्ता ब्यक्त

नेपालमा मानवीय संकट आउन सक्ने भन्दै बेलायतद्धारा गम्भीर चिन्ता ब्यक्त

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ,९ मंसिर ।

बेलायतले नेपालमा मानवीय संकट आउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेको छ । बेलायतका विदेशमन्त्री ह्यूगो स्वायरले नेपाल भारत सीमामा भएको अवरोधले नेपालमा मानवीय संकटमा आउन सक्ने भन्दै चिन्त्ता ब्यक्त गर्नुभएको छ ।

स्वायरले परराष्टमन्त्री कमल थापासंग टेलिफोन गरीे सीमा क्षेत्रमा भएको अबरोधका कारणले नेपालमा मानवीय सहायताको वितरणमा परेको प्रभावका विषयमा चिन्ता व्यक्त गर्नुभएको नेपालस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बेलायतले भुकम्पपछिको पुनर्निर्माणमा आश्वयक नेतृत्वदायी भूमिकामा प्रस्तुत हुन नेपाल सरकारलाई आग्रह पनि गरेको छ । जाडोयाम सुरु भएको अवस्थामा तत्कालै समस्या समाधान नभए दोस्रो मानवीय संकट उत्पन्न हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन बेलायतले सचेत गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी