काभ्रेमा औषधि अभाव

काभ्रेमा औषधि अभाव

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,९ मंसिर । 

भारतको अघोषित नाकाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्लामा पनि औषधिको अभाव हुन थालेको छ ।

जिल्लाको दुर्गम गाविस महाभारत शृङ्खलापारी र कोसीपारीका विभिन्न गाविसका स्वास्थ्य संस्थामा औषधिको अभावले सेवाग्राही मर्कामा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विभिन्न एन्टिबायोटीक, सिटामोल, डाइजीन, जीवनजललगायत औषधि अभाव भइसकेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अधिकृत नारायण केसीले बताउनुभयो ।

उहाँले झण्डै दुई सातादेखि जिल्लामा रहेका झण्डै १०० स्वास्थ्य संस्थामा औषधिको अभाव भएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयलाई समेत पत्राचार गरिएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयबाट अहिले करिब ४० किसिमका औषधिको वितरण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थाबाट औषधि माग भइरहेको छ, तर हामीले दिन सकिरहेका छैनौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी