काठमाडौँ, ९ मङ्सिर ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी युनियन र नेकपा (माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्प्रर्धाबाट प्राध्यापक नियुक्ति गर्न माग गर्दै आज उपकुलपति डा तीर्थ खनियाँलाई ध्यानाकर्षण गराएको छ ।
आन्तरिक प्रतिस्प्रर्धाबाट करिब ९०० प्राध्यापक नियुक्ति गर्न लागिएकामा ती विद्यार्थी सङ्गठनले विरोध गर्दै विज्ञापन खारेज गर्न माग गरेका छन् । युनियनका अध्यक्ष प्रवीण मिश्रले सो विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल परीक्षाका प्रक्रिया अघि नबढाउन आग्रह गर्नुभयो ।
सो अवसरमा उपकुलपति खनियाँले आफू अगाडिको नेतृत्वले गरेको कार्यलाई रद्द गर्न समस्या रहेको भए पनि अदालतको फैसला नआइ अरु प्रक्रिया अघि नबढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline