सरकारद्धारा राजमार्गमा विशेष सुरक्षा योजना लागु

सरकारद्धारा राजमार्गमा विशेष सुरक्षा योजना लागु

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ९ मंसिर ।

सरकारले तराई मधेसमा भइरहेको आन्दोलनलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेको छ । राजर्मागहरुमा कुनै अवरोध गर्न नदिने गरी योजना ल्याएको गृह मन्त्रालयले जनाएको छ ।

आन्दोलन चर्किएको तराई मधेसको पर्सादेखि सप्तरी तथा नवलपरासीदेखि बाँकेसम्मका जिल्लाहरुमा यो योजना लागु हुनेछ । राजमार्गहरु सुचारु गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नयाँ एकीकृत सुरक्षा योजना लागू गरिएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताउनुभयो ।

सुरक्षा योजना अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली खटाइनेछ । जसमा नेपाल प्रहरी अगाडि रहनेछ भने त्यसलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ । सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ भने त्यस अनुसार नै जनशक्ति परिचालन हुने जनाइएको छ ।

गृह प्रवक्ता ढकालका अनुसार विशेष सुरक्षा योजना लागू भएका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरेर सुरक्षाकर्मी परिचनलन गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी