काठमाडौ ९ मंसिर ।
कालोबजारी गरेको पाइएपछि चितवनको भरतपुर स्थित रिजाल चोकमा रहेको अष्टभुजा पेट्रोलपम्पमा वाणिज्य विभागले सिलबन्दी गरेको छ ।
विभागका निर्देशक हरिनारायण बेल्बासेको नेतृत्वमा गएको टोलीले आज विहान पेट्रोलपम्पमा सिलबन्दी गर्दै सन्चालक खिलकान्त बर्तौलालाई नियन्त्रणमा लिएको हो ।
उक्त पेट्रोलपम्प नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीका भाइ रमिन्द्र क्षेत्रीको जग्गामा बनेको छ । तर बर्तौलाले भाडामा पम्प चलाउँदै आएका थिए ।
उपभोक्ताको व्यापक गुनासो आएपछि अनुसन्धान गर्दा कालोबजारी गरेको पाइएपछि आफूहरुले उक्त पम्प शिल गरेको बेलबासेले बताउनुभयो ।
पेट्रोलपम्प सन्चालकलाई कालोबजारी सम्वन्धी ऐन र केही सामाजिक अपराध ऐनअन्तर्गत कारवाही गरिने विभागले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline