नेपाली भाषी भुटानीहरूको पहिलो चलचित्र हो यो “भुल्ने पो हो कि” प्रर्दशनको तयारीमा

नेपाली भाषी भुटानीहरूको पहिलो चलचित्र हो यो “भुल्ने पो हो कि” प्रर्दशनको तयारीमा

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाण्डौ, ९ मंसिर ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली मुलका अमेरिकी नागरिक अनिश थापाले निर्देशन एबम अभिनय गरेको नायिका प्रियंका कार्की अभिनित चलचित्र “भुल्ने पो हो कि“ को च्यारिटी शोेबाट प्रर्दशनको सुरुवात गरिएको छ ।

फिल्मको प्रदर्शन अमेरिकाको कोलम्वस राज्यको ओआइस राज्यबाट यहि साताबाटसुरु गरिन लागीएको हो

। ६ वर्षको उमेरमा भुटानबाट लखेटिएर शरणार्थिको रूपमा परिवार नेपाल आएका निर्माता तथा निर्देशक थापाले निर्माण तथा निर्देशन गरेको चलचित्रमा नेपाली भाषि भुटानिहरूको क्याम्प भित्रको अवस्था साथै भुटानीहरूलाई अमेरिका लैजाने अमेरिकी सरकारको निर्णयले नेपाली भाषि भुटानी समाज तथा दुई प्रेमि प्रेमिका गर्नुपरेको क्रान्तिकारी सङघर्ष र त्यसको सामाजिक प्रभावको विषयमा आधारित छ ।

चलचित्रमा माईकल मगर , शिलाश थापा र टुक मगरको निर्माण तथा कार्यकारि निर्माता टेक शार्कि (गोपाल ) निर्माण गरेको यस चलचित्र शरणार्थिहरुको गहन विषय उठाइएको निर्दशक थापाले बताए ।

सम्पूर्ण छायांकन अमेरिकामा गरिएको यस चलचित्रको एउटा गित भने नेपालमा छायांकन गरिएको छ । राजेस पायल राई , स्वरूप राज आचार्य ,अन्जु पन्त र अमृता लिम्बु लागाएतकाको स्वर सुन्न सकिने यस चलचित्रमा महेश खड्का , टडड्डक बुढाथोकि , राई नवीन र धिरज श्रेष्ठ लगाएतकाको संगीत रहेको छ ।

मोरडड्डको शनिस्चरे क्याम्पमा वाल्यकाल बिताएका नेपाली भाषी भुटानी थापाले भारतको सिलगुडिमी अभिनय एवम् निर्देशन सम्वन्धि अध्ययन गरि पुर्ण क्याम्पमा नै फर्कि “पुर्ण मिलन “, “झुपडिको जीन्दगी “ एवम् “भाग्यको खेल “ जस्ता नेपाली भिडियो फिल्महरुमा अभिनय पनि गरेका छन ।

हालसम्म ४८ वटा भन्दा बढी म्युजिक भिडीयोमा निर्देशन तथा अभिनय गरिसकेका निर्देशक थापाको अनुसार नेपाली भाषी भुटानीहरूकोे “भुल्ने पो हो कि” पहिलो चलचित्र हो

चलचित्रको निर्माण ,निर्देशन र अभिनयको अलवा समाज सेवा समेत रूची राख्ने अनिस थापाले नेपालमा रहेका नेपालीहरूलाई विभिन्न गैरसरकारी सस्थाँ मार्फत निरन्तर सहयोग पनि गरिरहेको बताएका छन ।

नभएर नेपाली भाषालाई माया गर्ने अनिस थापा लगाएत नेपाली भाषि भुटानिहरूले अमेरिकामा नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सम्वन्धि कक्षा सञ्न्चालन गरि नेपाली भाषा सिकाईरहेको पनि बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी