काठमाडौ ९ मंसिर ।
सुनसरीको भाण्टाबारीमा आज बिहान भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर स्थानीय चार नेपाली घाइते भएका छन् ।
हरिपुर गाविस–७ स्थित भाण्टाबारी पूर्व दशगजा क्षेत्रमा बिहान करिब साँढे ६ एसएसबीले चलाएको गोली लागेर स्थानीय आशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको प्रहरीले जनाएको छ ।
गोली लागि घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
सिमावर्ती बजारबाट मल ल्याउने क्रममा क्यारियरवालासँग भएको विवादमा एसएसबीले गोली चलाउदा स्थानीयलाई लागेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनु भयो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक संजयराज शर्माले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline