उपल्लो मुस्ताङमा अवैध रुपमा चीनबाट इन्धन आयात

उपल्लो मुस्ताङमा अवैध रुपमा चीनबाट इन्धन आयात

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, ९ मङ्सिर ।  

उपल्लो मुस्ताङका यातायात व्यवसायीले चीनको स्वशासित राज्य तिब्बतबाट युरो–४ पेट्रोल र डिजेल आयात गर्न थालेका छन् । आफूलाई आवश्यक पर्ने परिमाणमा इन्धन लिएर उनीहरुले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गरिरहेका छन् ।

उपल्लो मुस्ताङका लोमान्थाङ, घमी, सुर्खाङ, छोसेर लगायत क्षेत्रमा चीनबाटै आयात गरिएका इन्धनबाट मोटरसाइकल, जिप तथा मालवाहक ट्रक सञ्चालन भइरहेका छन् । चीनको ढोङवासेन जिल्लामा पुगेर त्यहाँका डिपोबाट इन्धन लिने गरेको लोमान्थाङका व्यवसायी पासाङ गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसरी ल्याइएका इन्धन युरो–४ मापदण्डको हुन्छ । कालीगण्डकी करिडोरअन्तर्गत छोसेर गाविसमा पर्ने कोरला नाकासम्म सडक सञ्जालको पहुँच विस्तार भएका कारण उपल्लो मुस्ताङका छ गाविसमा सवारीसाधनको सङ्ख्या पनि बढ्दै गएको छ ।

जोमसोम–मुक्तिनाथ सडकखण्डमा सञ्चालन हुने दर्जन भन्दा बढी जिप पनि चीनबाट आयात गरिएका इन्धन नै प्रयोग गर्ने गरेको व्यवसायी गुरुङले जानकारी दिनुभयो ।

मुस्ताङमा स्थानीय यातायात व्यवसायीले आफूलाई करिब छ महिना चाहिने इन्धन भण्डारण समेत गर्ने भएकाले जिल्लामा अहिले खासै समस्या नभएको यातायात व्यवसायीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी