सिन्धुपाल्चोकको गौराती मेला आजबाट सुरु

सिन्धुपाल्चोकको गौराती मेला आजबाट सुरु

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ९ मंसिर ।   

सिन्धुपाल्चोकको सबैभन्दा ठूलो मानिँदै आएको गौराती भीमेश्वर मेला आजबाट सुरु भएको छ ।

चौतारा नगरपालिका–२ गौराती डाँडामा अवस्थित गौराती भीमेश्वरको मन्दिरमा आज साँझदेखि रातभर भव्य मेला लाग्ने भए पनि बिहानैबाट दर्शनार्थीको भिड लागेको छ ।

तीन महिनादेखि तराईमा आन्दोलन चलिरहे पनि व्यापार गर्न आउने तराईवासी गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रहेको स्थानीयवासी मानबहादुर तामाङले जानकारी दिनुभयो ।

पुत्रप्राप्ति र मनले चिताएको पूरा हुने विश्वासमा कतिपयले बेलुकादेखि दियोमा बत्तीका साथै महादीप बालेर रातभर जाग्राम बस्ने गर्छन् ।

व्रतालु भक्तजनको सङ्ख्या पनि उल्लेख्य रुपमा वृद्धि हुँदै आएको मन्दिरका पुजारी बलबहादुर श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ