रौतहट, ९ मंसिर ।
रौतहटको लमाह जंगलमा आज बिहानै बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
उदयपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख २२३६ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहट चन्दपुर–१ लमाह जंगलमा बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा उदरयपुर १० की सरु राई, रीता राई र उदपयर–२ की रश्मी नेपाली गम्भीर घाइते भएका छन् । घाइते सबैको रौतहटको चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ ।
बाक्लो हुस्सु लागेकाले बस तीब्र गतिमा हुँदा वा चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
बसका चालक फरार रहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline