कटुवा पेस्तोल र गोलीसहित सुनसरीबाट दुईजना पक्राउ

कटुवा पेस्तोल र गोलीसहित सुनसरीबाट दुईजना पक्राउ

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

सुनसरी, मंसिर ८ । सुनसरी जिल्लाको भोक्राहा गाविसबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी भोक्राहा–५ बस्ने वर्ष २१ का रविन यादव र श्रीपुर–५ बस्ने वर्ष २२ का कुन्दन यादव रहेका छन् ।

भोक्राहा ५ स्थित पूर्व पश्चिम लोकमार्गमा चेकप्वाईन्ट राखी सोमबार सवारी चेकजाँच गर्नेक्रममा को९प ५५६५ नम्बरको मोटरसाइकलको पछाडी सवार कुन्दन यादवको साथबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद भएको प्रहरीले  जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनालाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ